बारको विरोधका बीच न्यायाधीश सिफारिस
सर्वोच्च अदालतको न्यायाधीशमा दुइजनाको नाम सिफारिस भएको छ ।
नेपाल बार एशोसिएशनको विरोध प्रदर्शनका बीच आज बसेको न्याय परिषद् बैठकले उच्च अदालतका दुइजना न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको हो । सिफारिस हुनेमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डे रहेका छन् ।
सर्वोच्च अदालतमा हाल चार जना न्यायाधीश दरबन्दी रिक्त छ । अर्को साता प्रधानन्यायाधीश विश्वम्भप्रसाद श्रेष्ठ पनि अवकाशमा जादैँछन् ।
टिप्पणीहरू