थानकोट नजिकैको पहिरोमा बस पुरियो, ढलेको रुखले माइक्रो बस र कार थिच्यो
काठमाडौं र धादिङको सीमानामा रहेको झ्याप्ले खोला नजिकै पहिरो गएको छ । धुनिबेशी नगरपालिका ९ नजिकै आज बिहान साढे ३ बजे खसेको पहिरोले यात्रुवाहक बस पुरेको छ ।
नजिकैको पिपला मोडमा बिहान रुखले माइक्रो बस र प्राइभेट कार किचेको छ । दुई वटा दुर्घटनापछि राजमार्ग अवरुद्ध भएको छ । क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू