मुद्दा खारेजीको माग गर्दै दुर्गा प्रसाईंका समर्थकहरु सडकमा

मुद्दा खारेजीको माग गर्दै दुर्गा प्रसाईंका समर्थकहरु सडकमा

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरुले आज पनि प्रदर्शन गरेका छन् । उनीहरुले प्रसाईविरुद्धको मुद्दा खारेज गर्दै तत्काल रिहाइको माग गरेका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौला आफ्नो चरित्र हत्या गरेको आरोप लगाउँदै साइबर ब्युरोमा उजुरी दिएपछि प्रसाईं असोज ६ गते पक्राउ परेका हुन् । जिल्ला अदालत काठमाडौंले पहिलो पटक तीन दिन र दोस्रो पटक पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । 

प्रहरीले प्रसाईं  विद्युतीय कारोबार ऐन ०६३ को दफा ४७ अनुसार अनुसन्धान भइरहेको जनाएको छ ।
 

टिप्पणीहरू