अध्यक्ष घिमिरेलाई पक्रन खोजियो
नेपाल बार एशोसिएशनले आपतकालीन पत्रकार सम्मेलन गर्न लागेको छ । अदालतको अवहेलना मुद्दामा बारका अध्यक्ष गोपालकृष्ण घिमिरेलाई पक्राउ गर्न खोजिएकोबारे जानकारी दिन लागिएको बारले जनाएको छ ।
नेपाल बारको कार्यालयमा बेलुकी ५ बजेदेखि पत्रकार सम्मेलन गर्न लागिएको महासचिव अञ्जिता खनालले बताइन् । ‘उहाँलाई अदालतको अवहेलना मुद्दामा पक्राउ गर्न खोजिएको जानकारी पाएका छौं । त्यस विषयमा जानकारी दिन बारको भवनमा पत्रकार सम्मेलनको आयोजना गरेका हौं’,उनले भनिन् ।
टिप्पणीहरू