अदालतको अवहेलना मुद्दापछि बार अध्यक्ष भन्छन् : न्यायालयमा भ्रष्टाचार मौलायो

अदालतको अवहेलना मुद्दापछि बार अध्यक्ष भन्छन् : न्यायालयमा भ्रष्टाचार मौलायो

नेपाल बार एशाेसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । घिमिरेले केही दिनअघि घर जान लागेका प्रधानन्यायाधिशले हिसाब किताब मिलाउन न्यायाधीश नियुक्ति गर्न लागेको अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई आधार बनाएर सर्वोच्च प्रशासनले आज अध्यक्ष घिमिरेविरुद्ध अवहेलनाको मुद्दा दर्ता गरेको छ । सर्वोच्चका उपसचिव गोविन्द घिमिरेले अध्यक्ष घिमिरेलाई अदालतको अवहेलनामा कारवाहीको माग गर्दै निवेदन दर्ता गरेका हुन् ।

टिप्पणीहरू