भावी प्रधानन्यायाधीशको संसदीय सुनुवाईअघि न्यायाधीशहरुविरुद्ध उजुरी माग

भावी प्रधानन्यायाधीशको संसदीय सुनुवाईअघि न्यायाधीशहरुविरुद्ध उजुरी माग

सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान गरिएको छ । संघीय संसदको संसदीय सुनुवाई समितिले प्रस्तावित न्यायाधीशद्धय नृपध्वज निरौला र नित्यानन्द पाण्डेयविरुद्ध उजुरी आह्वान गरेको छ । 

उनीहरुविरुद्ध आगामी १० दिनभित्र सूचना वा उजुरी दर्ता गराउन सकिन्छ । जरी सूचनामा भनिएको छ, ‘...उक्त पदमा उहाँहरुलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवम् सबुत प्रमाणसहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र कार्यालय समयमा इमेल ठेगाना वा सोझै समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिनुहुन जानकारी गराइन्छ ।’

सूचनादाताले आफ्नो नाम, थर, वतन, फोज नम्बर स्पष्ट रुपमा खुलाउनुपर्ने छ । तर निजले चाहेमा नाम गोप्यसमेत राख्न सकिने जनाइएको छ ।

समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको भोलि संसदीय सुनुवाई गर्दैछ । उहाँविरुद्ध छ वटा उजुरी परेको छ ।

टिप्पणीहरू