ठेक्का ओगट्ने, काम नगर्नेहरु कालोसूचीमा

ठेक्का ओगट्ने, काम नगर्नेहरु कालोसूचीमा

ठेक्का ओगट्ने तर तोकिएको समयमा काम सम्पन्न नगर्ने डेढ दर्जन निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले १८ निर्माण व्यवसायी तथा कम्पनीलाई कालोसूचीमा राखेको छ । 

कालोसूचीमा परेका निर्माण कम्पनीमा एमएस एसटीके ग्लोबल, स्काई–वाइवा एण्ड लामा–मा जानकी जेभी, मर्चवार कन्स्ट्रक्सन प्रालि, भुसाल बस्नेत जेभी, सेक्टर कन्सलटेन्ट एण्ड डेभलपर्स, ऊर्जा–कृषध जेभी, गणपति निर्माण सेवा, सत्यश्वर कन्स्ट्रक्सन प्रालि हुन् ।

त्यस्तै, रक्षा कन्स्ट्रक्सन, ज्योति निर्माण सेवा, रेश्मा डिप बोरिंग टयुबवेल उद्योग, पाथिभरा ड्रिलिङ्ग उद्योग, युभी इन्जिनियरिङ कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्सन प्रालि, नेपाल बिल्डर्स, विजन कन्स्ट्रक्सन प्रालि र अमन कन्स्ट्रक्सनलाई पनि कालोसूचीमा राखिएको छ । 

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा परेका ती कम्पनी कम्तीमा एकदेखि बढीमा तीन वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा सहभागी हुन पाउँदैनन् ।
 

टिप्पणीहरू