काठमाडौंका घर घरमा खटाइयो कर टोली

काठमाडौंका घर घरमा खटाइयो कर टोली

काठमाडौं महानगरपालिकाले करदातालाई आवश्यक सहजीकरण तथा समन्वय गर्न स्थलगत रुपमा कर अनुगमन टोली खटाएको छ । 

सम्पत्ति कर, घरबहाल कर, व्यवसाय कर आदि बुझाउन, करका विषयमा जानकारी दिन तथा करदातालाई आवश्यक सहजीकरण तथा समन्वय गर्न महानगरको राजस्व विभागबाट टोली खटाइएको छ ।

 
ती टोलीले राजस्व असुली कार्यमा सहयोग गर्ने महानगरपालिकाले जनाएको छ । ‘कर अनुगमन टोली तपाईँको व्यवसायस्थलमा आउँदा यहाँहरुले दर्ता तथा नवीकरण, कर तिरेको प्रमाण, दर्ता प्रमाणपत्रलगायत टोलीले माग गरेको विवरण उपलब्ध गराई काठमाडौं महानगरपालिकाको राजस्व असुली कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ,’ महानगरले जारी गरेको सूचनामा उल्लेख  छ । 

बुझाउनुपर्ने कर, आवश्यक पर्ने कागजातलगायत सम्बन्धमा कुनै द्विविधा भएमा कर अनुगमन टोलीसँग जानकारी लिन महानगरले आग्रह गरेको छ ।

टिप्पणीहरू