सम्झौताअघि सिंहदरबारमा भेटवार्ता

सम्झौताअघि सिंहदरबारमा भेटवार्ता

नेपाल भ्रमणमा रहेका बंगलादेशी वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सल्लाहकारले ऊर्जामन्त्री दीपक खड्कासँग भेट गरेकी छन् । 

सल्लाहकार सइदा रिज्वाना हसनले मन्त्री खड्कासँगको कुराकानीको क्रममा करिब आधा घण्टा ऊर्जा मन्त्रालयमा बिताएकी हुन् । 

बंगलादेशमा हालैको राजनीतिक परिवर्तनपछि गठित काम चलाउ मन्त्रिपरिषदका सदस्यहरुलाई सल्लाहकार भन्ने गरिएको छ । उनी भोलि हुने विद्युत व्यापार सम्भौतामा हस्ताक्षरका लागि प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आएकी हुन् ।

टिप्पणीहरू