पूर्वराजा ज्ञानेन्द्रको भुटानमा भव्य स्वागत, शाही अतिथिगृहमा बास
पूर्वराजा ज्ञानेन्द्र भुटानको तीन दिने भ्रमणमा आज काठमाडौंबाट पारो हुँदै थिम्पु पुग्नुभएको छ उहाँ ड्रुक एअरको उडानमा आज बिहान परिवारका अन्य सदस्यसहित त्यता जानुभएको हो ।
उहाँ भुटानी नरेशको निम्तोमा त्यहाँ जानुभएको बताइन्छ । पारो अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व राजा ज्ञानेन्द्रलाई भुटानी राजपरिवारको विशिष्ट अतिथिको रूपमा अधिराजकुमारी पेमा ल्हादेन वांगचुकले स्वागत गरेकी हुन् । त्यसपछि कारकेडसहित राजकीय अतिथिगृह पुरÞ्याइएको थियो । अतिथिगृहमा शाही धर्मगुरूबाट अभिषेश र आर्शिवचन प्रदान गरिएको छ ।
भुटानमा जलवायु परिवर्तनको असरबारे बृहत् अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ । सम्मेलनमा विश्व नेतालगायत पूर्व राष्ट्रप्रमुख, वातावरण एवम् प्रकृति विज्ञहरू, दातृ निकायका प्रतिनिधिहरूको बाक्लो उपस्थिति छ । पूर्वराजा पनि उक्त कार्यक्रममा सहभागी हुने सम्भावना रहेको बताइन्छ ।
भुटानी नरेशका पिता तथा पूर्वराजा जिग्मे सिग्मे वांङचुकसँग राजदरबारमा भेटघाट हुने बुझिएको छ ।
टिप्पणीहरू