यसरी टिकिन् इन्दिरा

यसरी टिकिन् इन्दिरा
सुन्नुहोस्

उपसभामुखलाई महाअभियोग लगाएर दुई तिहाइमार्फत हटाउने भन्दै निकै तीव्र गतिमा अघि बढिरहेका एमाले–कांग्रेस आखिर किन सेलाए ? यसको जरो खोज्दै जाँदा भेटिन्छन्, सिके राउत । यदि, एमाले–कांग्रेसको प्रस्तावलाई उनले सहजै स्वीकार गरिदिएका भए सजिलै संसदमा १८४ भन्दा बढी संख्या जुटेर दुई तिहाइको निर्णयमार्फत इन्दिरा राना पदच्यूत भइसक्ने थिइन् । तर, सिके राउत इन्दिरा रानालाई उपसभामुखबाट हटाउन तयार भएनन् । के कारणले अडिग रहे त सिके ? यो प्रश्नको जवाफ खोज्दा केही प्रसंग भेटिन्छन् । एमाले र कांग्रेसले जम्मा १८० जना सांसद पुर्‍याए । तर चार जना नपुग्दा तयारी त्यत्तिकै अड्किएको छ । सिके राउतले एमाले–कांग्रेसलाई सीधै साथ नदिनुको सबैभन्दा प्रमुख कारक अमेरिकन फ्याक्टर रहेको विश्लेषकहरूको बुझाइ छ । 

दोहोर्‍याइरहनु पर्दैन कि राष्ट्रिय स्वतन्त्र पार्टी नेपालमा अमेरिकाबाट फर्किएकाहरूको सक्रियतामा बनेको दल हो । र, सोही दलकी सांसद हुन्, उपसभामुख इन्दिरा राना । सिके राउत पनि उतै दीक्षित बनेका र अमेरिकी शक्तिकेन्द्रसँग निकट सम्बन्ध रहेका व्यक्ति मानिन्छन् । भलै उनको दललाई अमेरिकाले पृष्ठपोषण गरेको कुरामा धेरैले विश्वास गरेका छैनन् । यो प्रकरणका जानकारहरू भन्छन्– सिके राउतले असहयोग गर्नुको अर्को कारण हो, राना पनि आफूजस्तै उदीयमान दलकी हुनु । उनी परम्परागत ठूला भनिएका दलको कोपभाजनमा साना दलका सांसद पर्नु हुँदैन भन्ने मान्यता राख्छन् । त्यसमाथि एक जना जनजाति महिला जसले सो जिम्मेवारी पाएकी छन् त्यसबाट अस्वाभाविक रूपमा उनलाई हटाइनु अन्याय हुन्छ भन्ने राउतको बुझाइ छ । सामान्य सिफारिस मात्र गरेकी हुन् भने त्यसकै आधारमा महाअभियोग नै लगाएर पदच्यूत गरिनु न्यायसंगत हुँदैन भन्ने ठहर पनि उनको छ । 

पछिल्लो राजनीतिक लेनदेन, भागबण्डा र बार्गेनिङमा देखिएको शैली यो प्रकरणमा सिके राउतसँग समेत जोडिएको समाचार स्रोतको दाबी छ । यो प्रकरणमा त्यति महत्वपूर्ण नरहेको राजनीतिक विश्लेषकको भनाइ छ । बरु, यो मौकालाई नेपाली कांग्रेसले मज्जैसँग क्यास गर्न खोजेको पाइन्छ । उसले एमालेसँग सभामुख हामीलाई दिनुस् र उपसभामुख तपाईंहरू राख्नुस् भनेर प्रस्ताव अघि बढाइसकेको केही बुद्धिजीवीको दाबी छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू