सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकमा लालमोहर

सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकमा लालमोहर
सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रमाणीकरणका लागि संसद सचिवालयबाट प्राप्त उक्त विधेयकलाई उहाँले आज लालमोहर लगाउनुभएको छ । 

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भई सो विधेयक राष्ट्रपतिसमक्ष पेश भएको थियो ।

टिप्पणीहरू