राष्ट्रपतिसँग टीका थाप्नेलाई मर्यादित पोशाकको उर्दी, निर्मल निवास ४ बजेपछि खुला

राष्ट्रपतिसँग टीका थाप्नेलाई मर्यादित पोशाकको उर्दी, निर्मल निवास ४ बजेपछि खुला

राष्ट्रपति रामचन्द्र पौडेलले यो वर्ष विजयादशमीको टीका दुई चरणमा लगाइदिनुहुने भएको छ । पहिले विशिष्ट व्यक्तिहरुलाई र त्यसपछि सर्वसाधारणको पालो निर्धारण गरिएको छ ।

पहिलो चरणमा अपरान्ह ३ बजेदेखि साढे ३ बजेसम्म प्रधानमन्त्रीलगायत सम्माननीयहरु, उपप्रधानमन्त्री, मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सांसद्, संवैधानिक निकायका पदाधिकारी, निजामती, जंगी, प्रहरीतर्फका अधिकृत स्तरसम्मका कर्मचारीलाई टीका लगाउने कार्यक्रम तय गरिएको छ ।

त्यसलगत्तै बेलुकी ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइने राष्ट्रपति कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । टीका लगाउन इच्छुक सर्वसाधारण मर्यादित पोशाकमा प्रवेशद्वार नम्बर १ बाट छिर्नुपर्ने छ । यसवर्ष दशैंको टीका आगामी शनिबार परेको छ ।

उता, पूर्वराजा ज्ञानेन्द्र शाहले पनि शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छ । निर्मल निवासमा अपरान्ह ४ बजेदेखि टीका लगाइने जनाइएको छ ।

टिप्पणीहरू