फूलपातीअघि विजया दशमीको शुभकामना, मुलुकको दुरावस्थाले पूर्वराजा बेचैनी
पूर्वराजा ज्ञानेन्द्र शाहले गद्दी त्यागेको डेढ दशकमा देखिएको मुलुक र आम नेपालीको दुरावस्थाले आफूमा बेचैनी बढेको बताउनुभएको छ । उहाँले नारायणहिटी दरबार छाडेको दुई दशक पूरा हुनै लाग्दा पनि आम नगरिकमा हर्षको भावना नदेखिएको उल्लेख गर्नुभएको छ ।
विजया दशमी २०८१ को अवसरमा दिइएको शुभकामना सन्देशमा उहाँले नेपाल अहिले अत्यन्तै असहज अवस्थामा रहेको, निरन्तरताको परनिर्भरता र ऋणको भारले थिचिएको बताउनुभएको छ । लेखिएको छ, ‘गाउँहरू युवा शक्ति विहीन बन्दै गइरहेका छन् । युवा शक्तिले कमाउने र रमाउने वातावरण बन्न सकेको छैन । युवालाई स्वदेशमा नै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने विकल्प प्रस्तुत गर्न नसक्नुको परिणाम आज मुलुकले कहालीलाग्दो अवस्था भोग्दैछ ।’
उहाँले मुलुकमाथि शक्ति राष्ट्रहरूको दबाब र दुष्प्रभाव नबढोस् भन्नेमा गहिरो ध्यानदृष्टि रहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।
टिप्पणीहरू