रोहिणीका कर्मचारीले दशैं भत्ता पाएनन्

रोहिणीका कर्मचारीले दशैं भत्ता पाएनन्

रुपन्देहीको रोहिणी गाउँपालिकाले दशैंको मुखमा कर्मचारीहरुलाई निराश बनाएको छ । दशैं खर्च र असोज महिनाको तलब नदिएपछि कर्मचारीहरु निराश छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कोष तथा लेखा नियन्त्रण कार्यालयसँग समन्वय गरेर दशैं खर्च र तलब खुवाउन गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत राकेशकुमार चौधरीलाई निर्देशन दिए पनि टेरेनन् । रुपन्देहीमा रोहिणी पालिकाले मात्र दशैं खर्च र तलब नदिएको हो ।

गाउँपालिकाअन्तर्गतका विद्यालय,स्वास्थ्य संस्था र वडा कार्यालयहरुका कार्यरत कुनै पनि कर्मचारीले दशैं खर्च पाएनन् । सरकारले घटस्थापना अगावै दशैं खर्च उपलब्ध गराउनु पर्ने ब्यवस्था गरेको छ ।

रोहिणी गाउँपालिकाभित्र झण्डै दुई सय कर्मचारी छन् । अध्यक्ष यादव र प्रशासकीय अधिकृत यादव भ्रष्टाचार र कमिशनमा लिप्त रहेको कर्मचारीको आरोप छ ।
 

टिप्पणीहरू