टीकाको साइत ११ः३६ बजे, देवी बिसर्जन ८ः३३ मा

टीकाको साइत ११ः३६ बजे, देवी बिसर्जन ८ः३३ मा

योव वर्ष विजया दशमीको टीकाको उत्तम साइत भोलि बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । भोलि बिहान ११ बजेर ३६ मिनेटमा टीकाको उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 

तर साइतमा नभ्याए पनि विजया दशमीको दिन बिहानैदेखि टीका लगाउन बाधा नपर्ने भएकाले साइत कुर्न नपर्ने र भोलि दिनभर नै टीका लगाउन सकिने पनि जनाइएको छ । 

चन्द्रमा दाहिने पारेर दशैंको टीका लगाउँदा टीका लगाउने व्यक्ति पूर्व फर्कने र लगाइदिने पश्चिम फर्किंदा राम्रो हुने छ । दशमी र त्यसपछि पूर्णिमासम्म टीका, जमरा लगाउँदै मान्यजनबाट आशिष लिने धार्मिक चलन छ ।

नेवार समुदायले भोलि मोहनी नखः मनाउँछन् । नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरेर उमारिएको नल स्वा अर्थात् जमरा पनि लगाइन्छ ।

टिप्पणीहरू