सामाजिक सञ्जालको दुरुपयोग नगर्न प्रहरीको चेतावनी

सामाजिक सञ्जालको दुरुपयोग नगर्न प्रहरीको चेतावनी

जिल्ला प्रहरी कार्यालय, बर्दियाले सामाजिक सञ्जालबाट धार्मिक सद्भाव खल्बाउने र सामाजिक हितमा प्रतिकूल असर पार्ने खालका सामग्री सम्प्रेषण नगर्न सचेत गराएको छ ।  

प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालबाट व्यक्ति वा संस्थाको चरित्र हत्या गर्ने, शान्ति सुरक्षा बिथोल्ने र ठगी गर्नेजस्ता क्रियाकलाप बढिरहेको भन्दै प्रहरीले सतर्क गराएको हो । जिप्रका बर्दियाले एक नोट जारी गर्दै त्यस्ता कार्य गर्नेमाथि हदैसम्मको कानूनी कारबाही हुने चेतावनी दिएको छ । 

‘सामाजिक सञ्जालको माध्यमबाट अन्य व्यक्ति, संस्थाको चरित्र हत्या गर्ने, शान्ति सुरक्षा बिगार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बाउने र सामाजिक हितमा प्रतिकूल असर पार्ने खालका सामग्री सम्प्रेषण गरिनुका साथै सामाजिक सञ्जालका आईडीहरु ह्याक गरी फेक प्रोफाइल बनाई व्यक्तिगत तथा पारिवारिक जीवनमा समेत असर पार्ने खालका अश्लिल फोटो, भिडियोहरु पोष्ट गरी ब्ल्याकमेल, कमेन्ट र सेयर गरी आफन्त तथा साथीभाइसँग पैसा माग्ने, विभिन्न प्रलोभनमा लाखौं रकम लिने र पछि सम्पर्क गर्दा सम्पर्क समेत नहुने गरेको पाइएको हुँदा यस्ता कार्य गर्ने जोकोही अपराधिक व्यक्ति, समूहलाई प्रचलित कानूनबमोसिजम हदैसम्मको कारबाही भइजाने जानकारी गराइन्छ’, प्रहरीको सूचनामा उल्लेख छ ।

टिप्पणीहरू