‘भोको पेट तड्पी–तड्पी बाँच्नु छैन' भन्दै दुई सन्तान च्यापेर सडकमा धर्ना

‘भोको पेट तड्पी–तड्पी बाँच्नु छैन' भन्दै दुई सन्तान च्यापेर सडकमा धर्ना

गाँस, बास र कपासको सुनिश्चिता माग गर्दै एक महिलाले माइतीघर मण्डलामा धर्ना दिएकी छन् । 

बाजुराको हिमाली गाउँपालिका–७ बादु घर भएकी ४१ वर्षीया जुना लोहार आफ्नी दुई छोरीसहित मण्डलाको विस्तारित सडकखण्डमा शान्तिपूर्ण धर्नामा बसेकी हुन् । हलियाको रुपमा जीविकोपार्जन गर्दै आएकोमा हलियामुक्त समाज घोषणापछि अशक्त पति र नाबालक सन्ततिलाई पाल्न समस्या भएको भन्दै उनले राज्यलाई खबरदारी गर्न हिजोदेखि धर्ना थालेको बताइएको छ । 

हलियामुक्त समाज घोषणापछि सरकारले हालसम्म कुनै पनि वैकल्पिक व्यवस्था नगरेको लोहारको दुःखसो छ । डाक्टरबाट अपांगताको सिफारिस भइसकेका आफ्ना श्रीमानलाई स्थानीय सरकारले अपांगता प्रमाणपत्र नदिएको भन्दै उनले तत्काल दिन पनि माग गरेकी छन् । 

स्थानीय निकायबाट कुनै पनि सेवासुविधा नपाएको र आफ्ना बालबच्चाका निम्ति शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताको व्यवस्था मिलाउन पनि उनको माग छ । धर्नास्थलमा उनले ‘भोको पेट तड्पी–तड्पी बाँच्न छैन, मेरो दुःख बुजिदिने कोही छैन’ लेखिएको ब्यानर टाँसेकी छन् ।

टिप्पणीहरू