कारमा छुटेको आइफोन फिर्ता

कारमा छुटेको आइफोन फिर्ता

यात्राका क्रममा कारमा छुटेको आइफोन सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको छ । ट्राफिक प्रहरीको सक्रियतामा यात्रु शैलेन्द्रराज लोहनीले आइफोन फिर्ता पाएका हुन् । 

ट्राफिक प्रहरीका अनुसार आज बिहान बा १ ज ४२५६ नम्बरको भाडा कारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सुन्धारासम्म यात्रा गर्ने क्रममा उनको आइफोन १३ प्रो म्याक्स गाडीमै छुटेको थियो । त्यसपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा उनले आफ्नो सामान हराएको भन्दै लिखित निवेदन दिएका थिए । 

निवेदन दर्ता भएसँगै ट्राफिक प्रहरीले उपत्यका प्रहरी कार्यालयको सिसिटिभी शाखासँग समन्वय गरी कारको पहिचान गर्यो । र, एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयलाई भनेर चालकलाई झिकाई गाडीमा छुटेको आइफोन सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको कार्यालयले जनाएको छ ।

टिप्पणीहरू