अब बाढी पूर्वानुमान नगरिने

अब बाढी पूर्वानुमान नगरिने

बाढी पूर्वानुमान र पूर्वसूचनासम्बन्धी सम्पूर्ण काम अर्को मनसुनसम्मका लागि स्थगन गरिएको छ ।

यो वर्षको मनसुन गत असोज २६ गतेदेखि मुलुकबाट पूर्णरुपमा बाहिरिएकाले जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले उक्त नियमित कार्य स्थगित गरेको हो । 

महाशाखाले भनेको छ, ‘२०८१ सालको मनसुन नेपालबाट असोज २६ गतेदेखि पूर्ण रुपमा बाहिरिएको र नदीमा बहाव उल्लेख्य बढ्ने नदेखिएकाले बाढी पूर्वानुमान र पूर्वसूचनासम्बन्धी नियमित कार्य अर्को मनसुनसम्म स्थगन गरिएको छ ।’ 

यो अवधिमा बाढी पूर्वानुमान बुलेटिन जारी नहुने र पूर्वसूचनाको टोलफ्री नम्बर पनि बन्द रहने महाशाखाले जनाएको छ ।

टिप्पणीहरू