दशैंअघि घटाइएको भाउ आजदेखि बढाइयो
नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । गएराति १२ बजेपछि लागु हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर क्रमशः १ र ४ रुपैयाँ बढाइएको छ ।
हवाई इन्धन, खाना पकाउने ग्यास र मट्टीतेलको मूल्य यथावत राखिएको छ । यसअघि असोज १४ गतेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्यमा प्रतिलिटर क्रमशः एक रुपैयाँ र दुई रुपैयाँ घटाइएको थियो ।
हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर छ र वाह्यमा प्रतिहजार लिटरमा ४५ डलर घटाइएको थियो । निगमले खाना पकाउने ग्यासको मूल्य ४१ रुपैयाँ बढेर आएपनि यथावत राखिएको त्यतिबेला जनाएको थियो ।
टिप्पणीहरू