चार वटा भैंसी पाल्नेलाई सित्तैमा गोठ

चार वटा भैंसी पाल्नेलाई सित्तैमा गोठ

जाजरकोटको बारेकोट गाउँपालिकामा चार वटा भैंसी पाल्ने कृषकले पशुघर निर्माणमा अनुदान पाउने भएका छन् । 

पालिकाको चालु आर्थिक वर्षका लागि स्वीकृत ‘अलग मानवघर अलग पशुघर’ कार्यक्रमअन्तर्गत चार वटा ठूलो भैंसी पाल्ने किसानलाई त्यस्तो सहुलियत दिन लागिएको हो । अनुदानका लागि इच्छुक कृषकलाई निवेदन पेश गर्न पालिकाले आह्वानसमेत गरिसकेको छ ।

गाउँपालिका मातहतका सम्पूर्ण वडाका चार वटा भैंसी पालेका कृषकले पशुघर निर्माण गर्न अनुदान प्राप्तिका लागि निवेदन दिन सक्ने जनाइएको छ । 

सूचनामा भनिएको छ, ‘अलग मानवघर अलग पशुघर निर्माण कार्यक्रमअन्तर्गत बारेकोट गाउँपालिका वडा नम्बर १ देखि ९ सम्मका सम्पूर्ण कृषकहरुले चार वटा (ठुला) भैंसी पालेका भएमा सूचना प्रकाशित भएको मितिले पन्ध्र दिनभित्र पालिकाको पशु सेवा शाखामा तोकिएको कागजातसहित निवेदन पेश गर्नु हुन अनुरोध छ ।’

टिप्पणीहरू