कल्याणकारी कोषको रकम लगानी गर्न बोलपत्र आह्वान

कल्याणकारी कोषको रकम लगानी गर्न बोलपत्र आह्वान

प्रहरी कल्याणकारी कोषले २१ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

साधारण र अक्षयकोषको उक्त रकम एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्न लागेको प्रहरीको कल्याण महाशाखाले जनाएको छ । 

मुद्धतीमा लगानी गर्न चाहाने नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ वर्गका बैंक तथा वित्तिय संस्थालाई प्रस्ताव पेश गर्न महाशाखाले आह्वान गरेको छ । आफूले लिन चाहेको रकम, ब्याजदर र भुक्तानी गर्ने समयावधि उल्लेख गरी कात्तिक ७ गतेभित्र सिलबन्दी प्रस्ताव पेश गर्न भनिएको छ ।

यससम्बन्धी विस्तृत जानकारी नेपाल प्रहरीको वेबसाइटबाट प्राप्त गर्न सकिने छ । 

प्रहरीका बहालवाला तथा पूर्वकर्मचारी र तिनका परिवारको स्वास्थ्य, शिक्षा, सहुलियत कर्जा, अनुदान लगायतका काम गर्ने उद्देश्यले स्थापित कल्याणकारी कोषमा अहिले पौने पाँच अर्बौं रकम मौज्दात रहेको बताइएको छ ।

टिप्पणीहरू