सर्प महोत्सवमा प्रवेश निःशुल्क, जानकारी प्रशस्त

सर्प महोत्सवमा प्रवेश निःशुल्क, जानकारी प्रशस्त

दाङमा सर्प महोत्सव आयोजना गर्न लागिएको छ । मानव र सर्पबीचको द्वन्द्व कम र सर्प संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिइएको छ । हामी संरक्षणका लागि काम गछौं नामक संस्थाले तीन दिने महोत्सव आयोजना गर्न लागेको जनाउँदै तुलसीपुरको पर्यटकीयस्थल राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) मा कात्तिक ८ गतेदेखि १० गतेसम्म महोसत्व हुने छ । 

महोत्सवमा दाङमा पाइने विभिन्न प्रकारका सर्प प्रदर्शनी र तीबारे जानकारी गरार्इँदै छ । सर्पले टोक्दा के गर्ने ? के नगर्ने ? तथा सर्पको टोकाइको उपचारको अवस्था, प्राथमिक उपचारलगायत विषयमा पनि सचेतना प्रदान गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा सर्प विज्ञको उपस्थिति रहने छ ।

मानव र सर्पबीचको द्वन्द्वका कारण सर्प लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षणका निम्ति महोत्सव आयोजना गर्न लागिएको दाबी छ । सर्पको पहिचान, संरक्षण तथा महत्व दर्शाइने उक्त महोत्सवमा प्रवेश निःशुल्क हुने छ ।
 

टिप्पणीहरू