मारवाडीहरुको पक्षमा उच्च अदालतको अन्तरिम आदेश

मारवाडीहरुको पक्षमा उच्च अदालतको अन्तरिम आदेश

उच्च अदालत पाटनले पशुपतिको गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई नहटाउन विपक्षीका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डालकुमार खड्काको एकल इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

यसअघि जिल्ला अदालत काठमाडौंको आदेशपछि पशुपति क्षेत्र विकास कोषले काठमाडौं महानगरपालिकालाई धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउन निर्देशन दिएको थियो । त्यसको विरुद्धमा समितिले उच्च अदालत गुहारेको थियो ।

टिप्पणीहरू