रविलाई समात्न प्रहरीले घेर्याे घण्टीघर

रविलाई समात्न प्रहरीले घेर्याे घण्टीघर

सहकारी ठगी आरोपमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारीलगत्तै सभापति रवि लामिछानेलाई पक्रन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोली रास्वपा पार्टी कार्यालय पुगेको छ ।

सीआईबीका एसपी होबिन्द्र बोगटीसहितको टोली बनस्थलीस्थित रास्वपा कार्यालय पुगेको हो । रवि कार्यालयभित्र छन् भने बाहिर नेता–कार्यकर्ताको बाक्लो भीड देखिन्छ ।

कास्की जिल्ला अदालतले केही बेरअघि रविलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । लगत्तै यता सिआइबीको टोली सक्रिय भएको हो ।रास्वपा कार्यालय बाहिर बदीधारी र सादा पोशाकका प्रहरी बाक्लो संख्यामा तैनाथ छन् ।

तस्बिरहरु

टिप्पणीहरू