झडपको खतरासँगै पोखरामा निषेधाज्ञा

झडपको खतरासँगै पोखरामा निषेधाज्ञा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता र सहकारी पीडितबीच झडपको खतरा बढेपछि पोखरामा निषेधाज्ञा जारी गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय कास्कीले आज बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि शहीद चोक र गैह्रापाटन आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो । 

जसअनुसार शहीद चोकबाट पूर्वतर्फ वाई चोक, पश्चिमतर्फ फिस्टेल चोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ चोकसम्म अनि गैह्रापाट वरपर पालिखेचोकदेखि नविल माविसम्मको सडक क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन । 

प्रशासन कार्यालयले एक आदेश जारी गर्दै सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा तथा झडपका कारण प्रतिकूल अवस्था सिर्जना हुन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको जनाएको छ ।  

पोखरास्थित सूर्यदर्शन सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा रास्वपा सभापति रवि लामिछाने शुक्रबार पक्राउ परेपछि सो पार्टीका कार्यकर्ता सडकमा उत्रिएका छन् । आज जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्ने उनीहरुको तयारी छ । 

यता,उक्त सहकारीका पीडित बचतकर्ताले पनि आजै विरोधको कार्यक्रम गर्न लागेका छन् ।

टिप्पणीहरू