दुई इन्टरनेट कम्पनीको लाइसेन्स रद्ध

दुई इन्टरनेट कम्पनीको लाइसेन्स रद्ध

दुई वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पर्साको वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित सी डाटा कम्युनिकेसन प्रालि र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको लाइफ नेट प्रालिको लाइसेन्स रद्ध गरेको हो । 

२०७६ माघ १९ गते इन्टरनेट (इमेलसहित) सेवाको अनुमतिपत्र प्राप्त गरेको सी डाटाले अनुमतिपत्रको सर्तबमोजिम सेवा सञ्चालन नगरेकोले दूरसञ्चार ऐन, २०५३ को दफा २८ (१) बमोजिम खारेज गरिएको प्राधिकरणको भनाइ छ । 

यस्तै, ०७६ भदौ २९ गते लाइसेन्स प्राप्त गरेको लाइफ नेटले भने अनुमतिपत्र नवीकरणका लागि तोकिएको समयावधिभित्र निवेदन पेश नगरेकाले कानूनबमोजिम स्वतः रद्द भएको प्राधिकरणद्धारा जारी सूचनामा उल्लेख छ । 

लाइफ नेटले प्राधिकरणलाई नियमानुसार तिर्न तथा बुझाउनपर्ने रकमका सम्बन्धमा आगामी तीस दिनभित्र सम्पर्कमा आउन समेत भनिएको छ । अन्यथा, कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्राधिकरणको चेतावनी छ ।

टिप्पणीहरू