गुल्मीमा वडाबाटै नेसनल आइडी वितरण

गुल्मीमा वडाबाटै नेसनल आइडी वितरण

गुल्मीमा वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र (नेसनल कार्ड) वितरण गरिने भएको छ । स्थानीय प्रशासनले कात्तिक ८ गतेदेखि जिल्लाका प्रत्येक वडामै पुगेर आइडी कार्ड वितरण गर्न लागेको हो । 

वडास्तरबाट परिचयपत्रको विवरण संकलन गरिएकोले वडा तहमै पुगेर कार्ड पनि वितरण गर्न लागिएको सिडियो कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाको कालिगण्डकी, चन्द्रकोट र सत्यवती गाउँपालिका मातहत वडामा पुगेर पहिलो चरणमा कार्ड वितरण गरिने छ । 

त्यसपछि गुल्मीदरबार, छत्रकोट र रुरुक्षेत्र गाउँपालिकासहित अन्य पालिकाको पनि वडामै पुगेर नेसनल कार्ड वितरण गरिने सिडियो कार्यालयले जनाएको छ । कार्यालयले कार्ड लिन आउँदा सम्बन्धित व्यक्ति स्वयंम सक्कल नागरिकता र आवेदन दर्ता फारामसहित उपस्थित हुन आग्रह गरेको छ ।

टिप्पणीहरू