गोकर्णेश्वरमा पटका निषेध

गोकर्णेश्वरमा पटका निषेध

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले पटका तथा बारुदजन्य पदार्थको किनबेच निषेध गरेको छ । 

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नगर क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थको बेचबिखन र प्रयोगमा रोक लगाएको जानकारी गराएको हो । 

त्यस्ता पदार्थको प्रयोगले आगजनी, धनजनको क्षतिसँगै बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने उल्लेख गर्दै नगरपालिकाले अटेरी गरेमा कारबाही गर्ने चेतावनी समेत दिएको छ । 

‘यस नगरपालिका क्षेत्रभित्र कसैले उक्त निषेधित पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण गरेको पाइएमा वा पड्काएको, प्रयोग गरेको पाइएमा कानूनबमोजिम आवश्यक कारबाही गरिने सूचित गराइन्छ’, सूचनामा उल्लेख छ ।

टिप्पणीहरू