यति र बुद्ध ‘डाइभर्ट’, डेढ सयको बिजोग

यति र बुद्ध ‘डाइभर्ट’, डेढ सयको बिजोग
सुन्नुहोस्

पोखराका लागि हिजो राति उडेका बुद्ध एअर र यति एअरलाइन्सका विमान काठमाडौं डाइभर्ट भएका छन् । हिजो राति सवा ९ बजे उडेको यतिको एनवाईटी ६८५ र बुद्धको बीएचए ६६३ विमान खराब मौसमका कारण अवतरण हुन नसकेपछि काठमाडौं फर्केको बुझिएको छ । 

यतिको विमानमा ७३ जना र बुद्धमा ६७ जना यात्रु थिए । पोखरामाथिको आकाशमा मौसम खराब भएपछि त्यहाँ नपुग्दै दुबै विमान काठमाडौं फर्केका हुन् । 

साढे ८ बजे बुद्ध र यतिले उक्त उडान रद्द गरेपछि यात्रुहरु राति काठमाडौंमा रहेको आफ्नो निवासतर्फ जान बाध्य भएका थिए ।
 

टिप्पणीहरू