ओछ्यानमा पति-पत्नी मृत फेला

ओछ्यानमा पति-पत्नी मृत फेला
सुन्नुहोस्

कञ्चनपुको लालझाडीमा एक दम्पतीको शव फेला परेको छ ।

लालझाडी गाउँपालिका–१, बिनाबारीका रमेश बडायक र उनकी श्रीमती कमला बडायक घरमै मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले गएराति नै उनीहरुको शव भेटिएको भएपनि आज बिहान मात्र जानकारी प्राप्त भएको बताए । 

उनले भने, ‘गएराति नै घटना भएको रहेछ । तर, हामीले आज बिहान मात्र थाहा पायौं । अहिले घटनाबारे अनुसन्धान भइरहेको छ ।’

डिएसपी जोशीका अनुसार उनीहरुको धारिलो हतियार प्रहारगरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ । 

दुवैको अनुहार र शरीरमा हतियार प्रहार गरिएका चोटपटक उनको भनाइ छ ।

टिप्पणीहरू