राजावादी मुनिन्द्रलाई किन पक्राइन् श्रीमतीले ?

राजावादी मुनिन्द्रलाई किन पक्राइन् श्रीमतीले ?

नेपाली सेनाका पूर्व क्याप्टेन एवं राजावादी कार्यकर्ता मुनिन्द्र राजभण्डारी पक्राउ परेका छन् । महिला हिंसा तथा विवाहेत्तर सम्बन्धको आरोपमा उनलाई आज बौद्धबाट प्रहरीले नियन्त्रणमा लिएको बताइन्छ । 

राजभण्डारीले डिभोर्स माग्दा नदिएपछि आफूमाथि कुटपिट गरेको तथा मानसिक र शारीरिक यातना दिएको भन्दै केही दिनअघि श्रीमतीले जिल्ला प्रहरी कार्यालय काठमाडौंमा जाहेरी दिएकी थिइन् । 

त्यसपछि उनी अर्कै महिलासँग सम्बन्धमा रहेको पाइएको स्रोतले बतायो । आज बौद्धस्थित एक गेस्ट हाउसमा राजभण्डारी ती महिलासँग पक्राउ परेको बताइएको छ । 

‘श्रीमती आफैं प्रहरीसहित गेस्ट हाउस पुगेकी थिइन्,’ स्रोतले भन्यो, ‘त्यसपछि उनलाई पक्राउ गरिएको हो ।’ राजभण्डारी सेनाका पूर्व सहसेनानी हुन् । उनी राजावादी संस्था रोयल टाक्स फोर्स नेपालमा (आरटिएफ) समेत आबद्ध छन् ।

टिप्पणीहरू