अनुशासन तोडेको आरोपमा चार वकिलसँग स्पष्टीकरण माग

अनुशासन तोडेको आरोपमा चार वकिलसँग स्पष्टीकरण माग

नेपाल कानून व्यवसायी परिषद्ले चार जना अधिवक्तालाई स्पष्टीकरण सोधेको छ । आचरण विपरीतको कार्य गरेको भन्दै परिषद्ले सार्वजनिक सूचना निकालेर उनीहरुलाई सात दिने स्पष्टीकरण सोधेको हो । 

स्पष्टीकरण सोधिएकामा अधिवक्ता नारायणप्रसाद पन्त, सुमन दाहाल, दिपक कार्की र सञ्जयराज अधिकारी रहेका छन् । तोकिएको समयावधिभित्र स्पष्टीकरण पेश नगरेमा कारबाही प्रक्रिया अघि बढाइने परिषद्को चेतावनी छ । 

‘कानून व्यवसायीको आचरण विपरीतको कार्य गरेकोले आवश्यक कारबाही गरी पाउँ भनी उजुरीमा अनुशासन समितिबाट भएको निर्णयबमोजिम म्याद सूचना बुझ्न हुलाकमार्फत पटकपटक पत्राचार गर्दा र टेलिफोनमार्फत सम्पर्क गर्दा समेत पत्र बुझ्न नआएकोले अनुशासन समिति (कार्य व्यवस्था) नियमावली, २०५८ को नियम ६ (३) बमोजिम यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ, ‘आजका मितिले सात दिनभित्र पत्र बुझी जवाफ पेश गर्न सूचित गरिन्छ । अन्यथा कानूनबमोजिम भइजाने जानकारी गराइन्छ ।’

टिप्पणीहरू