श्रीमतीसङ्गको लफडामा मुनिन्द्रलाई छोड्न दबाब

श्रीमतीसङ्गको लफडामा मुनिन्द्रलाई छोड्न दबाब

महिला हिंसा तथा विवाहेत्तर सम्बन्धको आरोपमा समातिएका नेपाली सेनाका पूर्व क्याप्टेन एवं राजावादी मुनिन्द्र राजभण्डारीलाई छोड्न दबाब दिइएको छ । 

अस्ति बौद्धस्थित एक रेस्टुरेन्टमा खाना खाँदा खाँदै पक्राउ परेका उनलाई आज भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको छ । उनलाई छोड्न प्रहरीलाई निरन्तर दबाब आइरहेको स्रोतले बताएको छ । 

‘सेनाका ठूलाबडादेखि राजवादीहरुले उनलाई छोड्न दबाब दिइरहेका छन्,’ स्रोतले भन्यो, ‘दबाबमा आएर प्रहरीले उनलाई आज छोड्न सक्ने धेरै सम्भावना छ ।’

राजभण्डारीले डिभोर्स माग्दा नदिएपछि आफूमाथि कुटपिट गरेको तथा मानसिक र शारिरिक यातना दिएको भन्दै श्रीमतीले काठमाडौं प्रहरीमा जाहेरी दिएकी थिइन् । 

त्यसपछि उनी अर्कै महिलासँग सम्बन्धमा रहेको पाइएको हो । शुक्रबार अपरान्ह श्रीमतीले प्रहरीसँग सहयोग लिई उनको लोकेसेन ट्रयाक गर्दा बौद्धस्थित रेस्टुरेन्टमा राजभण्डारी ती किशोरीसँग पक्राउ परेका थिए । 

अनामनगरस्थित एक होस्टेलमा बस्दै आएकी ती किशोरी १८ वर्ष पनि नपुगेको स्रोतको दाबी छ । उसले भन्यो, ‘ती किशोरी ट्रिनिटी कलेजमा प्लस टुमा अध्ययनरत रहिछन् ।’

राजभण्डारी सेनाका पूर्व सहसेनानी हुन् । उनी राजावादी संस्था रोयल टाक्स फोर्स नेपालमा (आरटिएफ) समेत आबद्ध छन् ।

यो पनि...

राजावादी मुनिन्द्रलाई किन पक्राइन् श्रीमतीले ?

टिप्पणीहरू