खसी बजारको भाटभटेनीमा बालेनको डोजर

खसी बजारको भाटभटेनीमा बालेनको डोजर

काठमाडौँ महानगरपालिकाले कलंकी खसीबजारस्थित भाटभटेनी सुपरमार्केटमा डोजर चलाएको छ । 

'राइट अफ चक्रपथ वे' अभियानअन्तर्गत सडक अतिक्रमण गरेर बनाइएका भौतिक संरचना हटाइरहेको महानगरले आज खसीबजारदेखि बल्खुसम्म जोड्ने खोलाको करिडोर खोल्दा भाटभटेनी पनि परेको हो । 

यसक्रममा भाटभटेनी सुपरमार्केटको पर्खाल र दुई वटा शौचालय भत्किएको बताइएको छ । । 

इन्द्रमती खोलाको दायाँबायाँ १० मीटर छोड्नुपर्ने मापदण्डविपरित बनेका सबै भौतिक संरचना भत्काइने महानगरले जनाएको छ ।

टिप्पणीहरू