बालुवाटारमा आउलान् त दश हजार ?

बालुवाटारमा आउलान् त दश हजार ?

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरु सडकमा उत्रिएर प्रदर्शन थालेको आज ११ दिन भयो । सभापति रवि लामिछाने पक्राउ परेपछि पार्टीका २१ सांसदसहित कार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन् । र, आज बालुवाटारमा थप प्रदर्शन गर्ने तयारी छ । 

प्रदर्शनको भीड दिन प्रतिदिन पातलो बन्दै गएको देखिरहँदा आजको र्यालीमा १० हजार कार्यकर्ता उतार्ने रास्वपाको योजना छ । तर हिजो र अस्तिको उपस्थितिले त्यति भीड जम्मा हुने आधार देखिँदैन । यद्यपि, पार्टीका एक नेता दावी गर्छन्,  ‘अस्ति केन्द्रीय समितिको बैठकले नै आज बालुवाटारमा गर्ने भनेर प्लान गरेको थियो, १० हजार नागरिक आउनुहुन्छ, तयारी पुरा भइसक्यो ।’

उनका अनुसार कोटेश्वर‚चाबहिल‚ कलंकी, ललितपुर‚ स्वयम्भू,बालाजु, महाराजगञ्ज लगायतका एक दर्जन ठाउँबाट र्‍याली निकालेर कार्यकर्ताहरु बालुवाटारको नेपाल हाउसअघि एक बजे भेला हुनेछन् । कोण सभालाई उपसभापतिद्वय डिपी अर्याल र डा. स्वर्णिम वाग्लेसहित सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ लगायतले सम्बोधन गर्ने बताइएको छ । 

आजको प्रदर्शनको नेतृत्व पुकार बमले गर्दैछन् ।

टिप्पणीहरू