प्रधानमन्त्री निवास अगाडि जुलुस गर्न गएको रास्वपा टोली पक्राउ

प्रधानमन्त्री निवास अगाडि जुलुस गर्न गएको रास्वपा टोली पक्राउ

सभापति रवि लामिछाने रिहाइको माग गर्दै प्रधानमन्त्री निवाश अगाडि प्रदर्शन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक दर्जन कार्यकर्ता पक्राउ परेका छन् । 

निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले सो पार्टीको काठमाडौँ र ललितपुर जिल्ला सभापतिसहित ११ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा काठमाडौं जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर सभापति बुद्धरत्न महर्जन, जिल्ला सदस्यहरु खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का छन् । 

बालुवाटारस्थित नेपाल हाउसको आँगनबाट समातिएका उनीहरुलाई प्रहरी वृत्त मालीगाउँमा राखिएको छ । 

सहकारी ठगीमा लामिछाने पक्राउ परेपछि उनका कार्यकर्ताहरुले कात्तिक ३ गतेदेखि विरोध प्रदर्शन गरिरहेका छन् । त्यसैअन्तर्गत उनीहरुले आज बालुवाटारमा विरोध सभा आयोजना गरेका थिए । त्यसअघि ठाउँ-ठाउँबाट र्याली निकालिएको थियो भने प्रर्दशनमा १० हजार कार्यकर्ता उत्रने रास्वपाको दावी छ ।

टिप्पणीहरू