अदालत प्रवेशमा अब कडाई

अदालत प्रवेशमा अब कडाई

काठमाडौं जिल्ला अदालतले प्रवेश पास लागू गर्ने भएको छ । अदालतमा हुने अनावश्यक भीड व्यवस्थापन गर्न पास सिस्टम शुरु गर्न लागिएको हो । 

आगामी कात्तिक २५ गतेदेखि अनिवार्य प्रवेश पास देखाउनुपर्ने अदालतद्धारा जारी सूचनामा उल्लेख छ । मुद्दाको तारेखमा रहेका पक्ष र मुद्दासँग सरोकार रहने पक्षलाई मात्र प्रवेश पास दिइने अदालतले स्पष्ट पारेको छ । 

सूचनामा भनिएको छ,‘यस अदालतमा हुने अनावश्यक भीड व्यवस्थापन गर्न, अदालतमा अनधिकृत व्यक्तिहरुको प्रवेशलाई निषेध गर्न, मिति २०८१–०७–२५ देखि प्रवेश पास लागू गरिने व्यहोरा अनुरोध छ । यस्तो प्रवेश पास अदालतमा प्रवेश गर्ने मुद्दाका तारेखमा रहेका पक्ष र मुद्दासँग सरोकार रहने पक्षलाई मात्र दिइने छ । अन्य अनधिकृत व्यक्तिहरुलाई प्रवेश निषेध गरिएको छ ।’

त्यस्तै, मुद्दाका पक्षहरुलाई प्रवेश पासका लागि फोटोसहितको परिचयपत्र बुझाउन सूचित गराइएको छ ।

टिप्पणीहरू