निलम्बित मुख्यसचिवलाई भ्रष्टाचारमा क्लिन चिट

निलम्बित मुख्यसचिवलाई भ्रष्टाचारमा क्लिन चिट

सुरक्षण मुद्रण घोटाला प्रकरणका आरोपित निलम्बित मुख्यसचिव वैकुण्ठ अर्यालले सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले उनलाई आज 'क्लिन चिट' दिएको हो । 

अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्यालसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले ३८ करोड रूपैयाँ भ्रष्टाचार भएको दाबीसहित दायर गरेको मुद्दामा विशेषले अर्याललाई ५० हजार रूपैयाँ धरौटीमा छाडेको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण विकास समितिको अध्यक्ष रहेका उनको संलग्नता र अगुवाइमा भ्रष्टाचार भएको अख्तियारको दाबीलाई अदालतले अस्वीकार गरेको हो । यस प्रकरणमा अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई भने दोषी ठहर गरेको छ ।

टिप्पणीहरू