उत्तर कोरियाको रणनीति पछ्याउँदै क्यानडा

उत्तर कोरियाको रणनीति पछ्याउँदै क्यानडा

क्यानडाले भारतलाई ‘शत्रु देश’को सूचीमा समावेश गरेको छ । प्रधानमन्त्री जस्टिन ट्रुडो नेतृत्व सरकारले आधिकारिक रुपमा भारतलाई ‘शत्रु देश’ को संज्ञा दिएको छ ।

क्यानडाले हालै जारी गरेको नेसनल साइबर थ्रेट एसेसमेन्ट २०२५÷२६ रिपोर्टमा भारतलाई जोखिमपूर्ण देशहरूको सूचीमा राखिएको छ । क्यानडाको साइबर सेक्युरिटी सेन्टरले सार्वजनिक गरेको प्रतिवेदनमा भारतसँगै चीन, रुस, इरान र उत्तर कोरियालाई विरोधी राज्यको सूचीमा समावेश गरिएको छ ।

क्यानडाले भारत सरकारको साइबर कार्यक्रमले आफ्नो सरकारी नेटवर्कहरूविरुद्ध जासुसीको उद्देश्य राखेको आरोप समेत लगाएको छ । गत महिना भारतीय उच्चायुक्त सञ्जय कुमार वर्मामाथि हरदीप सिंह निज्जरको हत्या प्रकरणमा संलग्न रहेको क्यानडाले सार्वजनिक रुपमा बताएपछि वर्मासहित आधा दर्जन कूटनीतिज्ञलाई क्यानडाबाट निश्कासित गरिएको थियो । लगत्तै भारतले पनि क्यानडाका कूटनीतिज्ञहरुलाई निष्कासन गरेपछि दुई मुलुकको सम्बन्ध हालसम्मकै खराब अवस्थामा पुगेको हो ।

यसअघि उत्तर कोरियाले अमेरिका, दक्षिण कोरिया, जापानलगायत मुलुकलाई यस्तो सूचीमा राख्ने गरेको थियो ।
 

टिप्पणीहरू