भाइटीका भ्याएर ऊर्जामन्त्री नयाँ दिल्लीतिर
ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का भारतको राजधानी नयाँ दिल्ली जानुभएको छ ।
उहाँ दिउँसो पौने ४ बजे भिस्ताराको उडान नम्बर युके ०१५८ मा काठमाडौंबाट प्रस्थान गर्नुभएको बताइएको छ ।
मन्त्री खड्का आजदेखि नयाँ दिल्लीमा शुरु भएको चार दिने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सातौं महासभामा भाग लिन जानुभएको हो । अन्य तीन जना पनि मन्त्रीसङ्गै गएका छन् ।
टिप्पणीहरू