इरान नजिकै अमेरिकी बमवर्षक विमान

इरान नजिकै अमेरिकी बमवर्षक विमान

अमेरिकाले बी ५२ बमवर्षक विमान मध्यपूर्वमा तैनाथ गरेपछि इरानले कडा भत्र्सना गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाघाईलेले अमेरिकाको आलोचना गर्दै सो क्षेत्रमा अमेरिकाको उपस्थितिले अस्थिरता उत्पन्न गर्ने बताएका छन् । 

उनले भने, ‘अमेरिकाले जे गरेपनि इरानले आफ्नो रक्षा गर्ने संकल्पलाई रोक्न सक्दैन ।’ बाघाईले आफ्नो मुलुकको प्रतिक्रिया ‘निश्चित र निर्णायक’ हुने बताउँदै भनेका छन्, ‘हमास र हिजबुल्लाह समूहसँग युद्धरत इजरायललाई गाजा र लेबनानमा युद्धविरामका लागि दबाब दिन इरानले सबै पहल र प्रयासलाई समर्थन गरेको छ ।’

इरानी राष्ट्रपति मसूद पेजेसकियानले आफ्नो मुलुकसँग क्षेप्यास्त्र रहेको बताएका छन् । इजरायलले इरानमाथि आक्रमणको आँट नगर्ने उनको दाबी छ । इस्लामिक गणतन्त्र रक्षाका लागि आवश्यक सबै कुराबाट सुसज्जित हुने इरानी अधिकारीहरुले दोहोर्याउँदै आएका छन् ।

यसअघि शनिबार अमेरिकी सेनाले मध्यपूर्वमा बी–५२ बमवर्षक विमान तैनाथ गर्ने चेतावनी इरानलाई दिएको थियो । पछिल्लो समय इरान र इजरायलबीच परस्पर आक्रमण हुँदै आएको छ ।

टिप्पणीहरू