बाक्लियो ल्हार्केलको नयाँ दिल्ली आउ जाउ

बाक्लियो ल्हार्केलको नयाँ दिल्ली आउ जाउ

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा आज भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । उनी केही महिनादेखि गुमनाम रहँदै आएका थिए ।  

गत असारमा माओवादी नेतृत्वको सरकार एकाएक हटेपछि उनी नियमित झैँ भारतको बिहार,उत्तर प्रदेश र नयाँ दिल्लीमा बस्दै आएको स्रोतको दाबी छ । सोही क्रममा उनी एअर इण्डियाको उडान नम्बर एआई २१४ मा आज दिउँसो पौने ४ बजे काठमाडौंबाट त्यता गएको बताइन्छ । स्वदेशमा गुमनाम भए पनि उनी लगातार भारत जाउआउ गर्दै गरेको लामा निकटस्थ स्रोतको दाबी छ ।

गत भदौ दोस्रो साता उनी एकाएक भारतीय राज्य बिहारको नालन्दामा देखा परेका थिए । ‘गुरु पद्मसम्भवको जीवन र जीवन विरासतको अन्वेषण’ सम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जाने क्रममा उनी नयाँ दिल्लीबाटै नालन्दा पुगेका थिए ।

टिप्पणीहरू