टेलिकममा ठेकेदारी प्रथा खारेजीको माग
तिहार बिदा सकिएसँगै नेपाल टेलिकमको मूल ढोकामा विरोध प्रदर्शन थालिएको छ । २३ वर्षदेखि कार्यरत करारका कर्मचारीलाई हटाउन खोजेपछि २९ जना बिहानैदेखि धर्नामा बसेको बताइन्छ ।
टेलिकममा २३ वर्षदेखि सरसफाई श्रमिकको रुपमा कार्यरत उनीहरुलाई निष्कासन गर्ने निर्णय विरुद्ध बबरमहलस्थित मुख्य कार्यालय अघिल्तिर विरोध प्रदर्शन गरिएको हो ।
१० बजेदेखि प्रदर्शन गर्ने भनिए पनि टाउकोमा कालो रिबन बाँधेर बिहानैदेखि लक्ष्मी सारु मगर, धनु दाहालको नेतृत्वमा उनीहरु धर्नामा बसेका हुन् । मजदूरहरुले ठेकेदारी प्रथा खारेज गर भन्ने मूल नारा लेखेका छन् ।
टिप्पणीहरू