सूचना आयोगमा काँग्रेसको नेतृत्व, एमाले आयुक्तमा सीमित
राष्ट्रिय सूचना आयोगको रिक्त प्रमुख आयुक्त र आयुक्तहरुमा नियुक्त हुने सदस्यको टुंगो लागेको छ । जसमा प्रमुख आयुक्त नेपाली काँग्रेस र दुई आयुक्तमा एमालेको भागबण्डा गरिएको छ ।
प्रमुख आयुक्तमा डा. सुरेश आचार्य, आयुक्तहरुमा गगन विष्ट र दुर्गा भण्डारीको नाम सिफारिस भएको छ । आचार्य नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् भने आयुक्तहरुमध्ये विष्ट प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष र भण्डारी प्रेस काउन्सिल नेपालका सदस्य हुन् ।
प्रमुख आयुक्त र आयुक्तको नाम सभामुखको अध्यक्षतामा सञ्चार मन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहेको सिफारिस समितिले प्रस्ताव गरेको हो । उक्त सिफारिसलाई मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि प्रधानमन्त्रीले पद तथा गोपनियताको सपथ खुवाउने कानुनी व्यवस्था छ ।
टिप्पणीहरू