सिंगारिँदै काठमाडौंका आठ स्थान

सिंगारिँदै काठमाडौंका आठ स्थान

काठमाडौं महानगरपालिकाले आठ स्थानमा छठघाट निर्माण गरेको छ । गौरीघाट, कोटेश्वर दोभान, कमलपोखरी, वंशीघाट, बालाजु बाइसधारा, धौखेल खोला, कुमारी क्लब, भुवनेश्वरी मन्दिरमा छठघाट निर्माण गरिएको महानगरले जनाएको छ । 

तोकिएको स्थानमा रङ्गरोगन, पोखरीको सरसफाइ र सुरक्षा व्यवस्थापन मिलाइएको छ । छठ पर्व नेपाल र भारतका हिन्दूहरुले मनाउने एक महत्वपूर्ण पर्व हो । विगतमा मधेशबासीले मात्रै मनाउँदै आएको यो पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित अन्य जिल्लामा पनि मनाउन थालिएको छ । 

कात्तिक शुक्ल चर्तुथी तिथिबाट विधिवत रुपमा शुरु हुने छठ पर्व सूर्यदेवको अनुष्ठान हो । चार दिनसम्म मनाइने छठ शुक्रबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुनेछ ।

टिप्पणीहरू