आफ्नै हर्कतले काठमाडौँ महानगर प्रहरी प्रमुख पाण्डे विवादमा

आफ्नै हर्कतले काठमाडौँ महानगर प्रहरी प्रमुख पाण्डे विवादमा

काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे विवादमा तानिएका छन् । बौद्धमार्गीले शुभकार्यमा प्रयोग गर्ने पवित्र बस्त्र खादाको अपमान गरेका उनी विवादमा परेका हुन् । 

पाण्डेले केही दिनअघि ‘यस्तो चाइनिज प्रयोग गर्नुहुदैन’ भन्दै खादा डस्विनमा फ्याँकी दिएका थिए । सामाजिक सञ्जालमा भाइरल एक भिडिओमा उनले भनेका छन्, ‘यो चाइनिज उपयोग नगरौ (हातमा खादा उठाउदै) । ढाका प्रयोग गरौँ (खादाहरु डस्विनमा फाल्न संकेत गर्दै)।’

पाण्डेले चाइनिज कपडा र उत्पादन बहिष्कारको नाममा आफ्नो धार्मिक आस्थामा चोट पुर्याएको बौद्ध धर्मालम्बीहरुको ठहर छ । उनीहरुले पाण्डेलाई कारवाही गर्न मेयर बालेन साहसँग मागसमेत गरेका छन् । अन्यथा नगर प्रहरी बलका प्रमुखको अभिव्यक्तिमा मेयरले समर्थन गरेको अर्थ लाग्ने उनीहरुको भनाई छ । 

पाण्डेले आफैँ चाइनिज कपडा लगाएर चाइनिज खादा बहिष्कार गर्न लाज लाग्नुपर्ने सावित्रा थिङ तामाङ बताउछिन् । भन्छिन्, ‘आदर्शको कुरा गरेर कोही ठूलो हुँदैन । आफै विदेशी कपडा लगाउने, अनि जनतालाई चाहिँ यस्तो प्रयोग गर्नुहुदैन भन्दै खोसेर फाल्दिने !’

टिप्पणीहरू