पाँच राज्यमा ह्यारिसको विजयले ट्रम्पको अग्रतामा लागेन ब्रेक

पाँच राज्यमा ह्यारिसको विजयले ट्रम्पको अग्रतामा लागेन ब्रेक

विश्व महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक परिणामअनुसार रिपब्लिकन पार्टीका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अधिकांश राज्यमा अग्रता बनाएका छन् । 

२४६ इलेक्टोरल मतसहित ट्रम्प जित नजिक पुगेका छन् । उनलाई पछ्याईरहेकी डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले १८७ मत पाएकी छन् । क्यालिफोर्निया, वासिङ्गटन, इडाहो, न्यू म्याक्सिको र ओरेगन राज्यको परिणाम ह्यारिसको पक्षमा गएको छ । 

डेमोक्रेटिक र रिपब्लिकन पार्टीप्रति झुकाव राख्ने अधिकांश राज्यमा ठूलो मत भिन्नता देखिएको छैन । तर, राष्ट्रपति चयनमा निर्णायक मानिएका स्विङ स्टेटमा भने ट्रम्प अगाडि छन् । त्यस्ता सात स्टेटमध्ये दुईमा ट्रम्पले विजय हासिल गरेका छन् भने एकमा ह्यारिसले बाजी मारेकी छन् । नर्थ क्यारोलिना र जर्जियामा ट्रम्प र पेन्सिलभेनियामा ह्यारिसले जितेकी हुन् । 

यसैबीच स्विङ स्टेट पेन्सिलभेनियामा ह्यारिस विजयी भएपछि ट्रम्पले आफूमाथि धोका भएको आरोप लगाएका छन् । यद्यपि यसबारे पुष्टि हुने कुनै प्रमाण पेस गर्न सकेका छैनन् ।

ह्यारिसले पाँच राज्यमा विजयी हासिल गरे पनि ट्रम्पको अग्रतामा ब्रेक लागेको छैन । अमेरिकामा ५० राज्य छन् ।

टिप्पणीहरू