सीतापाइला–धार्के सडकखण्ड बन्द हुदैँ

सीतापाइला–धार्के सडकखण्ड बन्द हुदैँ

काठमाडौं र धादिङ जोड्ने सीतापाइला–धार्के सडकखण्ड बन्द हुने भएको छ । सडक कालोपत्रे गर्नुपर्ने भएकाले भोलिदेखि यातायात बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले सार्वजनिक सूचना जारी गर्दै १५ दिनसम्म सडक पूर्णरुपमा बन्द हुने बताएका छन् । उनका अनुसार सडकमा एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने गाडी र हलुका सवारीसाधनबाहेक सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने छ । 

‘धार्के सडकको सडक डिभिजन, नुवाकोटबाट धादिङ जिल्ला खण्ड (धार्के–ठुलोखोला सडकखण्ड) अन्तर्गत सडक कालोपत्रे गरी स्तरोन्नति गर्न मिति २०८१÷०७÷२३ गतेदेखि १५ दिनसम्म उक्त सडकखण्डमा एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधन र हलुका सवारीसाधन (चार पाङ्ग्रे) बाहेकका सबै प्रकारका सवारीसाधनलाई पूर्ण रुपमा रोकिने जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।

उक्त सडकको वैकल्पिक मार्गको रुपमा गल्छी–बिदुर–छहरे–टोखा वा धार्के–नौबिसे–नागढुंगा सडकखण्ड प्रयोग गर्न अनुरोध गरिएको छ ।
 

टिप्पणीहरू